Wednesday, December 4, 2024
spot_img
Homeअपराध खबरबलात्कार आरोपमा पक्राउ परे काठमाडौँ जिल्ला अदालतका अधिकृत

बलात्कार आरोपमा पक्राउ परे काठमाडौँ जिल्ला अदालतका अधिकृत

काठमाडौँ जिल्ला अदालतका एकजना अधिकृत बलात्कार आरोपमा पक्राउ परेका छन्। गत माघ २९ गते आएको जबरजस्ती करणीसम्बन्धी जाहेरीका आधारमा जिल्ला अदालतका अधिकृत गोपाल गजमेरलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले हिरासतमा लिएको हो।

बलात्कारसम्बन्धी आरोपसहित जाहेरी आएपछि गजमेरलाई पक्राउ गरेर अदालतमा पनि उपस्थित गराइसकिएको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीले बताए। 

उनलाई जिल्ला अदालत ललितपुरमा उपस्थित गराएर ५ दिनको म्याद लिइएको कार्कीले बताए। उनले एकजना युवतीलाई गत माघ १८ गते बलात्कार गरेको आरोप लागेको छ।

प्रहरीका अनुसार पाटन उच्च अदालतमा कार्यरत रहेका बेला त्यहीँ करारमा कार्यरत कर्मचारीमाथि बलात्कार आरोप गजमेरलाई लागेको हो।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू