Home गृहपृष्ठ बम्जनले जेलमा मागे लसुन, प्यास र बेसार नहालेको खाना

बम्जनले जेलमा मागे लसुन, प्यास र बेसार नहालेको खाना

0

काठमाडौं, २७ पुस । हत्या, बलात्कार र मानिस बेपत्ता पारेको आरोपमा पक्राउ परेका रामबहादुर बम्जन महोत्तरीको जलेश्वर कारागारमा छन् ।

उनलाई जिल्ला अदालत सर्लाहीले बाल यौन शोषणको आरोपमा पुर्पक्षका लागि कारागार चलान गरेको थियो । यसैबीच बम्जनले कारागारमा अन्य कैदीले खाने खाना खान अस्वीकार गरेका छन् ।

उनले आफूलाई छुट्टै खाना चाहिने साथै बेसार, लसुन, प्याज हालेको दाल, तरकारी नखाने बताएका हुन् । उनले अरू कैदीले खाने खाना खान नमानेपछि कारागारले उनलाई कारागारमै रहेका अन्य ५/७ जना जोगीलाई बनाएको खाना दिइएको हो ।

बम्जन जस्तै अन्य ५/७ जना जोगी विभिन्न आरोपमा कारागारमा छन् । बन्जनलाई अन्य कैदी बन्दी सरह राखिएको छ ।

उनी कारागारमा शान्त बस्ने गरेको र उनीमा कुनै पीडाबोध नदेखिएको कारागार प्रशासनले जनाएको छ ।

Exit mobile version