काठमाडौं । बझाङ केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ। बझाङको परकत्ने आसपास केन्द्रबिन्दु भएर शिुक्रबार बिहान ९ बजेर ३२ मिनेट जाँदा ४।४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् डा। लोक विजय अधिकारीले जानकारी दिए। भूकम्पको धक्का आसपासका जिल्लामा महसुस गरिएको छ।