Thursday, December 5, 2024
spot_img
Homeमनोरन्जनबक्स अफिसमा चौथो सबैभन्दा धेरै कमाउने फिल्म बन्यो ‘कल्की’

बक्स अफिसमा चौथो सबैभन्दा धेरै कमाउने फिल्म बन्यो ‘कल्की’

प्रभास स्टारर फिल्म ‘कल्कीः २८९८ एडी’ भारतीय बक्स अफिसमा चौथो सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ । स्याकनिकल्कका अनुसार फिल्मले शाहरुख खानको ‘जवान’ (२०२३) लाई सूचीमा पछि पारेको छ ।

भारतमा ‘कल्कीः २८९८ एडी’ले रिलिजको ४० दिनपछि सबै भाषामा ७६० करोड भारु ग्रस कमाइ (६४० करोड भारु नेट) पार गरेको छ । ‘जवान’को ग्रस कमाइ ७६० करोड थियो । फिल्मले नेट र ग्रस दुवै कलेक्सनमा ‘जवान’लाई उछिनेको छ ।

रिपोर्टअनुसार ‘कल्की’को हिन्दी संस्करणले ३५० करोड ग्रस (२९० करोड नेट) कलेक्सन गरेको छ । तेलुगु संस्करणमा भने ३३५ करोड कमाएको छ । तमिल, मलयालम र कन्नड संस्करणले अहिलेसम्म लगभग ७५ करोड भारु कमाएका छन् ।

प्रभासको ‘बाहुबली २’ एक हजार ४१७ करोड ग्रस (एक हजार ३० करोड नेट भारु)सहित सबैभन्दा धेरै कमाउने भारतीय फिल्मको शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको ‘केजीएफ २’ को कलेक्सन एक हजार एक करोड ग्रस (८६० करोड नेट) छ । तेस्रो स्थानमा रहेको ‘आरआरआर’को कलेक्सन ९१६ करोड ग्रस (७८२ करोड नेट) छ ।

नाग आश्विन निर्देशित फिल्ममा प्रभाससहित अमिताभ बच्चन, दीपिका पादुकोण, र कमल हसनको मुख्य भूमिका छ । नेपाली बक्स अफिसमा पनि यसले राम्रै कमाएको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू