विश्व प्रसिद्ध भेनिस फिल्म फेस्टिभलमा फिल्म ‘पूजा सर’ प्रिमियर हुने भएको छ । यो फिल्मकी मुख्य कलाकार ऋचा शर्माले सामाजिक संजालबाट फेस्टिभल हुने जनाएकी हुन् ।
निर्देशक दीपक रौनियार निर्देशित यो फिल्मको नाम सुरुवातमा ‘राजागञ्ज र स्काई इज माइन’ राखेका थिए । तर, अब ‘पूजा सर’ नाम राखेर फिल्म रिलिजको तयारी गरिएको जनाइएको हो ।
फेस्टिभलको ओरिजोन्टी खण्डको प्रतिस्पर्धामा फिल्म छनोट भएको निर्माणपक्षले बताएको छ । यो फिल्मको प्रदर्शन मिति तय गरिएको छैन ।
यो फिल्ममा आशा मगराती, दयाहाङ राई, निकिता चण्डक, आरती मण्डल, ऋचा शर्मा, विजय बराल, गौमाया गुरुङ, नीरज श्रेष्ठ र पशुपति राई अभिनय छ ।