Wednesday, December 4, 2024
spot_img
Homeमनोरन्जनफिल्म क्षेत्रको हितमा काम गर्ने छु : मन्त्री मधुकुमार श्रेष्ठ

फिल्म क्षेत्रको हितमा काम गर्ने छु : मन्त्री मधुकुमार श्रेष्ठ

अभिनेता तथा निर्माता समेत रहेका बागमती प्रदेशका नव नियुक्त मन्त्री मधुकुमार श्रेष्ठलाई सम्मान गरिएको छ । श्रेष्ठ फिल्म क्षेत्रबाट मन्त्री हुन सफल भएको भन्दै नेपाल फिल्म सोसाइटीले एक कार्यक्रम गर्दै उनलाई सम्मान गर्दै सफल कार्यकालको शुभ–कामना दिएको हो ।

चलचित्र सङ्घ विशाल नगरमा आयोजित कार्यक्रममा उनलाई सोसाइटीका अध्यक्ष कृष्ण मल्लले खादा, मालाबाट सम्मान गरेका थिए । कार्यक्रममा मन्त्री श्रेष्ठले चलचित्र क्षेत्रको प्रगतिका लागि विगत झैँ सक्रिय भएर क्रियाशील रहने बताए ।

चलचित्र प्राविधिक सङ्घका अध्यक्ष पुष्कर लामा, चलचित्र सङ्घका वरिष्ठ उपाध्यक्ष गोपाल काजी कायस्थ, कलाकार रमेश उप्रेती, कृष्ण ढुङ्गानालगायतको सहभागिता थियो ।

त्यस्तै, फिल्म सोसाइटीका अध्यक्ष अभिनेता कृष्ण मल्लले चलचित्रकर्मी राष्ट्र निर्माणमा पनि सक्षम छन् भनेर मन्त्री श्रेष्ठले देखाएको बताए । मल्लले अन्य मन्त्रीहरू भन्दा अब्बल काम गरेर देखाउन श्रेष्ठलाई सुझाव दिए ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू