रड प्रहार गरी छिमेकीको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा बाह्रदशी गाउँपालिका–५ फुलबारी बस्ने वर्ष २६ का मान कुमार राजवंशी रहेका छन् ।
राजवंशीले छिमेकी गङ्गा लाल माझीलाई पुरानो रिसिइबीको कारण विवाद गरी हिजो राति फलामको रडले टाउकोमा प्रहार गरेका थिए । घाइते माझीको उपचारको क्रममा विएण्डसी अस्पतालमा मृत्यु भएको थियो ।
लगत्तै रड प्रहार गर्ने राजवंशीलाई फलामको रडसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनिमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।