Wednesday, March 12, 2025
spot_img
Homeनेपाल प्रहरीप्रहरीका पाँच एसएसपीको सरुवा, ललितपुर परिसरमा अधिकारी

प्रहरीका पाँच एसएसपीको सरुवा, ललितपुर परिसरमा अधिकारी

काठमाडौं –  नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूको सरुवा भएको छ।

मंगलबार राति प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले पाँच एसएसपीहरूको सरुवा गरेको हो।

सरुवा अनुसार उपत्यका ट्राफिक प्रहरी कार्यालयमा विनोद घिमिरे पुगेका छन्।

काठमाडौं परिसरबाट छोटो समयमै सरुवा गरेर थन्क्याइएका एसएसपी भुपेन्द्रबहादुर खत्रीलाई भरतपुर शिक्षालयमा पठाइएको छ।

ललितपुर परिसरमा रहेका शेखर खनाललाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पठाइएको छ।

ललितपुर परिसरमा एसएसपी श्यामकृष्ण अधिकारीलाई पठाइएको छ भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमेन्द्र सिंह राठौरको सरुवा भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंलाई भने चलाइएको छैन। एसएसपी वसन्तबहादुर रजौरेलाई हटाएर आफू जान केही एसएसपीले ‘लिगलिगे’ दौड जारी राखेका छन्।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू