Wednesday, December 4, 2024
spot_img
Homeगृहपृष्ठप्रमुख प्रशासकीय अधिकृत मरासिनी र वडाध्यक्ष यादव भ्रष्टाचारी ठहर

प्रमुख प्रशासकीय अधिकृत मरासिनी र वडाध्यक्ष यादव भ्रष्टाचारी ठहर

बुटवल । घूससहित रंगेहात पक्राउ परेका रूपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनी र वडाध्यक्ष भीमबहादुर यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले प्रमुख प्रशासकीय अधिकृत मरासिनीलाई ३ महिना कैद सजाय तोकेको छ। उनीबाट ५० हजार रूपैयाँ बिगो असुल गरी त्यति नै जरिवाना भराउने फैसला भएको छ।

यही मुद्दामा वडाध्यक्ष यादव र बिचौलिया विनोद भरलाई मतियार ठहर गरी डेढ महिना कैद २५ हजार रूपैयाँ जरिवाना हुने सजाय तोकिएको छ। उनीहरू तीनै जना २०७९ चैतमा ५० हजार रूपैयाँ घूससहित गाउँपालिका कार्यालयको चमेना गृहबाट रंगेहात पक्राउ परेका थिए।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू