Wednesday, April 2, 2025
Homeमनोरन्जनप्रभासको फिल्म कल्की २८९८ एडीको टिकट बिक्रीमा नयाँ रेकर्ड

प्रभासको फिल्म कल्की २८९८ एडीको टिकट बिक्रीमा नयाँ रेकर्ड

सुपरस्टार प्रभासको फिल्म कल्की २८९८ एडीले नयाँ नयाँ रेकर्ड बनाइरहेको छ । हलमा रिलिज भएदेखि फिल्मले अलग अलग रेकर्ड तोडिरहेको छ । हालै कल्की उत्तरी अमेरिकामा सबैभन्दा धेरै कमाउने दोस्रो भारतीय चलचित्र बन्यो ।

अब यो फिल्मको नाममा अर्को कीर्तिमान दर्ता भएको छ । फिल्मले शाहरुख खानको फिल्म जवानको रेकर्ड तोडेको छ । यसले अनलाइन टिकट बुकिङ वेबसाइट बुक माई शोमा टिकट बिक्रीमा जवानको कीर्तिमान तोडेको छ ।

२० दिनमा बुक माई शोमा फिल्मका १ करोड २१ लाख ५० हजार वटा टिकट विक्री भएको छ । बुक माई शोमा अहिलेसम्म कुनै पनि चलचित्रको यति धेरै टिकट बिक्री भएको थिएन । यसअघि यो कीर्तिमान शाहरुख खान र नयनताराको फिल्म जवानको नाममा थियो । साइटमा जवानका १ करोड २० लाख १० हजार टिकट बिकेका थिए ।

बुक माई शोमा कल्कीको यो मात्रै रेकर्ड छैन । फिल्मको एड्भान्स बुकिङ सुरु भएको एक घण्टामा ९५ हजार ७१० टिकट बिक्री गरेर यसले अर्को पनि कीर्तिमान बनाएको थियो । सो साइटमा एक घण्टामा शाहरुखको जवानको ८६ हजार टिकट विकेका थिए ।

कल्कि २८९८ एडी जुन २७ रिलिज भएको थियो । फिल्मको बक्स अफिस कलेक्सनको कुरा गर्दा पहिलो साता ४१४ करोड ८५ लाख भारु कमाएको थियो । दोस्रो हप्तामा यसको कमाई १२८ करोड ५० लाख भारु रह्यो । तेस्रो हप्ताको अहिलेसम्मको कमाई समेत मिलाएर हेर्दा फिल्मले घरेलु बक्स अफिसमा ५९६ करोड ३२ लाख भारुको व्यापार गरेको छ । विश्वभरको यसको आम्दानीको १ हजार करोड माथि उक्लिसकेको छ ।

कल्कि २८९८ एडीलाई नाग अश्विनले निर्देशन गरेका हुन् । फिल्मलाई वैजयन्ती मुभिजले निर्माण गरेको हो । फिल्ममा प्रभास, दीपिका पादुकोण, अमिताभ बच्चन, कमल हसन, दिशा पटानी, मृणाल ठाकुर, शोभना र राजेन्द्र प्रसादलगायत धेरै कलाकारले काम गरेका छन् । फिल्ममा दुल्कर सलमान, विजय देवरकोंडा र निर्देशक एसएस राजामौलीको क्यामियो पनि देख्न पाइन्छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू