Tuesday, April 1, 2025
Homeगृहपृष्ठप्रधानमन्त्री प्रचण्ड गोरखा जाँदै

प्रधानमन्त्री प्रचण्ड गोरखा जाँदै

काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा जाँदैछन्।

उनी आज (बुधबार) बिहान ११ बजे गोरखा जाने कार्यक्रम रहेको बारपाक सुलिकोटकी उपाध्यक्ष सनमाया गुरुङले जानकारी दिइन् ।

उनका अनुसार पार्टीले सञ्चालन गरिरहेको ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ अन्तर्गत बारपाक सुलीकोट गाउँपालिका–८ को वडा बैठकमा सहभागी हुन उनी त्यहाँ जान लागेका हुन् ।

उक्त अभियान अन्तर्गत सातै प्रदेशका एक–एक वडामा पुग्ने कार्यक्रम अन्तर्गत प्रचण्ड गण्डकी प्रदेशको बारपाक सुलीकोट गाउँपालिका–८ को वडा बैठकमा सहभागी हुनेछन् ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू