Home अर्थतन्त्र प्रधानमन्त्रीलाई एमालेको ज्ञापनपत्र, ७५१ वटा माग

प्रधानमन्त्रीलाई एमालेको ज्ञापनपत्र, ७५१ वटा माग

0

काठमाडौं । नेकपा एमालेले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएका हुन्।

‘मध्यपहाडी यात्राको क्रममा हामीलाई प्राप्त भएका जनताका माग र समस्याहरूबारे आज हामीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ज्ञापन पत्र बुझाएका छौँ’, अध्यक्ष ओलीले भने, ‘१८ दिने यात्राका क्रममा स्थानीय रूपमा प्राप्त भएका ४६ वटा विषयका ७५१ वटा माग छन्। एमाले अध्यक्ष ओलीका अनुसार मागमा सडक पूर्वाधार, अस्पताल, विद्यालय, मोटरेबल पुल, कृषि, पशुपालन, विद्यालय र उत्पादित कृषि वस्तुको बजार व्यवस्थासम्बन्धी विषय छन्।

‘मैले प्रधानमन्त्रीलाई यी माग दराजमा थन्क्याएर नराख्नुहोला भनेको छु’, ओलीले भने, ‘प्रधानमन्त्रीले सरकारको नीति कार्यक्रम र बजेटमा यी विषयलाई जतिसक्दो समावेश गर्ने वाचा गर्नुभएको छ। यी माग पूरा गर्न निरन्तर फलोअप गर्न हामीले पूर्व अर्थमन्त्री तथा हाम्रो पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई जिम्मेवारी दिएका छौँ। मध्यपहाडी राजमार्गमा एमालेले देखेका समस्या, अझै ५० अर्ब लगानी गर्नुपर्ने ।

Exit mobile version