Thursday, March 20, 2025
spot_img
Homeगृहपृष्ठप्रजातन्त्र दिवसमा सहभागी भएनन् महानगरका मेयर बालेन्द्र शाह

प्रजातन्त्र दिवसमा सहभागी भएनन् महानगरका मेयर बालेन्द्र शाह

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा सोमबार (आज) आयोजित औपचारिक समारोह आयोजना गरिएको छ। समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, राष्ट्रिय सभा अध्यक्षसहितका उच्च पदस्तहरू उपस्थित भए।

काठमाडौँमै आयोजना भएको यो समारोहमा महानगरका मेयर बालेन्द्र शाह भने अनुपस्थित भएका छन्। उनलाई पनि समारोहमा उपस्थित हुनका लागि निम्तो पठाइएको थियो। 

तर, केही दिनदेखि बिदामा बसेकाले मेयर शाह उक्त समारोहमा उपस्थित हुन नसकेका हुन्। सचिवालय स्रोतका अनुसार मेयर शाह अहिले चितवनमा छन्। 

उनी लगातार भएको सार्वजनिक बिदा र शनिबारसम्मको बिदा सदुपयोग गर्ने उद्देश्यले बिदा लिएर पारिवारिक घुमघाममा निस्किएका हुन्।

मेयर शाहले यसअघि प्रदेशसभा निर्वाचन, राष्ट्रिय सभा निर्वाचन पनि बहिष्कार गरेका थिए। साथै, उनी गत असोज ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गरेको रात्रिभोजमा पनि अनुपस्थित भएका थिए।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू