Wednesday, December 4, 2024
spot_img
Homeराजनीतिप्रचण्डसँग अष्ट्रेलियन राजदुतको बिदाई भेट

प्रचण्डसँग अष्ट्रेलियन राजदुतको बिदाई भेट

नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष  एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उहाको निवास खुमलटारमा बिदाई भेट गरेका छन् ।

भेटको अवस‌रमा राजदूत भोल्कले नेपालको शान्ति प्रक्रियालाई सहमतिमा टुंगोमा पुर्याउन प्राप्त सफलताका लागि बधाई दिंदै नेपालको अन्तराष्ट्रिय सम्बन्ध विकासमा अध्यक्ष प्रचण्डको प्रधानमन्त्रीत्वकाल सफल र उत्कृष्ट भएको बताए ।

सो क्रममा अध्यक्ष प्रचण्डले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई थप मजबुद बनाउन राजदूत फेलिसिटी भोल्कले खेलेको भुमिकाको प्रशंसा गरेेका थिए ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू