Tuesday, March 18, 2025
spot_img
Homeअपराध खबरपोल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ

पोल्यान्ड पठाइदिने भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका निम्ति पोल्यान्ड पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटाको धनकुटा नगरपालिका–७ का २५ वर्षीय प्रदीप बुढाथोकी छन् ।

उनी भक्तपुरको सूर्यविनायक नगरपालिका–१३, बालकोटमा बस्दै आएका थिए । बिहीबार साँझ उनलाई काठमाडौंको नयाँ बानेश्वरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनले कल्पना विश्वकर्मालाई वैदेशिक रोजगारीका निम्ति पोल्यान्ड पठाइदिने बताएका थिए । त्यसका निम्ति प्रतिव्यक्ति सात लाख ७५ हजार रुपैयाँ लाग्ने भनेका थिए ।

पोल्यान्डमा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने उनको आश्वासन थियो । त्यहाँ मासिक एक लाख २० हजार रुपैयाँ तलब हुने भन्दै उनले प्रलोभनमा पारेको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

‘पीडित’बाट पटक–पटक गरी एक लाख ८० हजार रुपैयाँ लिई उनी सम्पर्कविहीन भएका थिए । पक्राउपछि थप अनुसन्धान तथा कारबाहीका निम्ति उनलाई वैदेशिक रोजगार विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू