Friday, March 21, 2025
spot_img
Homeगृहपृष्ठपोखरामा कारको ठक्करबाट दुई पैदलयात्रुको मृत्यु, कार छोडेर भागे

पोखरामा कारको ठक्करबाट दुई पैदलयात्रुको मृत्यु, कार छोडेर भागे

काठमाडौँ । कास्कीको पोखरामा कारको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु भएको छ । पोखरा महानगरपालिका ५ प्रस्याङमा बा १३ च ३७२१ नम्बरको कारले गएराती ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

कारको ठक्करबाट बागलुङका २० वर्षीय ढालेन्द्र छन्त्याल र अर्का नाम नखुलेका पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए । ठक्करबाट गम्भीर घाइते दुवै जनाको उपचारको क्रममा गण्डकी अस्पतालमा मृत्यु हो ।

ठक्कर दिने कारलाई नियन्त्रणमा लिइएको र कार चालक फरार रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू