काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार राती १ बजेबाट लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँका दरले बढाएको छ । इण्डियन आयल कर्पोरेशनबाट नयाँ खरिदमुल्य आएसँगै निगमले नयाँ मुल्य निर्धारण गरेको हो।
बढेको मूल्य अनुसार अब एक लिटर पेट्रोल किन्न १७५ रुपैयाँ खर्च गर्नुपर्ने भएको छ । निगमले भारतीय आयल कर्पोरेसनबाट पेट्रोलमा ४ रुपैयाँ ७६ पैसाले बढेर आएकोले नेपालमा पनि मूल्य समायोजन गरेको जानकारी दिएको छ । तर डिजेल, मट्टितेल, हवाई इन्धन र एलपी ग्याँसको मुल्य घटेर आए पनि यथावत राखेको छ। निगमका अनुसार डिजेल र मटितेलमा प्रतिलिटर ३९ पैसा मूल्य घटेर आएको छ। बवाई इन्धनमा प्रतिसिलिण्डर ३८ पैसा र एलपी ग्याँसमा प्रतिसिलिण्डर २७ रुपैयाँ ४४ पैसा मूल्य घटेर आएको छ। तर यी सबैको मुल्य घटाइएको छैन। यथावत राखिएको छ।
पेट्रोल बाहेक अरु इन्धनकाे मूल्य थपघट भएकाे छैन् ।