Home अर्थतन्त्र पुवाखोला–वान हाइड्रोपावरले आइपीओ निष्कासन गर्दै

पुवाखोला–वान हाइड्रोपावरले आइपीओ निष्कासन गर्दै

0

काठमाडौं, ११ माघ । पुवाखोला–वान हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि प्रति सेयर १०० रुपैयाँ अंकित दरका १९ लाख ४६ हजार ६६० कित्ता साधारण सेयर निष्कासन गर्ने जनाएको छ । 

लक्ष्मी सनराईज क्यापिटल र पुवा खोला वान हाईड्रोविच आइपीओ निष्काशन गर्ने सम्झौंता  भएको हो ।

कम्पनीले आइपीओ निष्कासन प्रयोजनका लागि लक्ष्मी सनराइज क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । यी दुई कम्पनीबीच भएको सम्झौतापत्रमा पुवाखोला–वान हाइड्रोपावरका तर्फबाट प्रबन्ध निर्देशक कदम केसी तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन्।

पुवाखोला–वान हाइड्रोपावर लिमिटेडको इलाम जिल्लामा अवस्थित ४ मेगावाट क्षमताको जलविद्युत आयोजना सञचालनमा छ ।  

Exit mobile version