Saturday, March 22, 2025
spot_img
Homeगृहपृष्ठपिकअपको ठक्करबाट महिलाको मृत्यु

पिकअपको ठक्करबाट महिलाको मृत्यु

मोरङको कानेपोखरीमा पिकअप गाडीको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ ।

कानेपोखरी गाउँपालिका–७ मा शनिबार राति भएको दुर्घटनामा अन्दाजी ४५ वर्षीया महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

मृतक महिलाको पहिचान खुलेको छैन । पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार झापाबाट इटहरी आइरहेको प्रदेश ३–०१–०२४ च ७३७७ नम्बरको पिकअपले पैदलयात्री महिलालाई ठक्कर दिएको थियो ।

ठक्करपछि गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको थियो । त्यहाँ पुर्‍याएपछि चिकित्सकले उहाँको मृत्यु भइसकेको पुष्टि गर्नुभएको थियो ।

पिकअप र चालक ४५ वर्षीय मिलनकुमार राईलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू