Friday, March 14, 2025
spot_img
Homeगृहपृष्ठपहिरोले घर बगाउँदा हराएका पाँच जनाको बूढीगण्डकी किनारमा

पहिरोले घर बगाउँदा हराएका पाँच जनाको बूढीगण्डकी किनारमा

गोर्खाको धार्चे गाउँपालिका-५, सिङ्लास्थित रेसेमा साउन १३ मा पहिरोले घर बगाउँदा पाँच जना हराइरहेका छन्। आइतबार दिनभर उनीहरूको खोजी गरिएको थियो।

सोमबार बिहानैदेखि फेरि खोजबिन शुरू भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशकुमार श्रेष्ठले बताए। “पहिरोले घर तथा कृषि फार्म धेरै पुरिएकाले बेपत्ता भएकाको अवस्था पत्ता लगाउन कठिन भइरहेको छ,” डीएसपी श्रेष्ठले भने, “हिजो दिनभर खोजी गर्दा केही पत्ता लागेन, आज फेरि बिहानैबाट खोजीकार्य थालेका छौं।

उनीहरूको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दा जुटेका छन्। यससँगै जेसीबीको पनि प्रयोग गरिएको छ।

डाँडाबाट खसेको पहिरो बूढीगण्डकी नदीसम्म पुगेकाले नदी किनारतिर पनि खोजी थालिएको छ। नदीले बगाएको हुन सक्ने अनुमानका आधारमा बुढीगण्डकी नदी किनार आसपासका क्षेत्रमा खोजबिन थालिएको डीएसपी श्रेष्ठले बताए।

साउन १३ गते बिहान साढे ३ बजे लेदो सहितको पहिरोले स्थानीय जितबहादुर गुरुङको कृषि फार्म र एक घर बगाएको थियो। घरसँगै जितबहादुर, ३५ वर्षीया कान्छी गुरुङ, ६० वर्षीय सुलाल कान्छा गुरुङ, ३३ वर्षीय रमेश गुरुङ र २४ वर्षीय रमेश परियार हराइरहेका छन्।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू