निर्देशक तुलसी घिमेरे ७ वर्षपछि निर्देशनमा डेब्यु गर्दैछन् । करिब ७ वर्ष अगाडि ‘दर्पण छाया २’ निर्देशन गरेका घिमिरेले ‘पहाड’ मार्फत निर्देशनमा कमब्याक गर्न लागेका हुन् ।
आउदो माघबाट छायांकन सुरु गर्न लागिएको यो चलचित्रमा कलाकारहरुको बलियो ‘लाइनअप’ बनेको छ । चलचित्रका लागि थाप दुई कलाकार अरुण क्षेत्री र पञ्चमी घिमिरे अनुबन्धित भएका छन् । यसअगाडि मदनकृष्ण श्रेष्ठ, सुनील थापा, विपिन कार्की, वर्षा राउत फाइनल भइसकेका छन् । चलचित्रका लागि थप दुई कलाकार भित्रिएका छन् ।
नायक अरुणले चलचित्र ‘महापुरुष’बाट डेब्यु गरेका थिए । भने पञ्चमी निर्देशक घिमिरेकी कान्छी छोरी हुन् । उनले ‘पहाड’बाट अभिनेत्रीको रुपमा नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्न लागेकी हुन् । यो चलचित्र पछिल्लो समय बढ्दो बसाइँसराइले रित्तिँदै गएको पहाडी भूगोलको कथामा निर्माण हुनेछ।