Tuesday, March 11, 2025
spot_img
Homeअपराध खबरपर्सा प्रहरीद्वारा ३० जना फरार प्रतिवादी पक्राउ

पर्सा प्रहरीद्वारा ३० जना फरार प्रतिवादी पक्राउ

वीरगञ्ज, २२ माघ । फैसला कार्वान्यन गर्ने अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्सा तथा मातहतका युनिटहरुले ३० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रको निर्देशनमा जारी अभियान अन्तर्गत जिल्लाको छुट्टाछुट्टै स्थानबाट प्रहरीले ३० जना फरार प्रतिवादीहरु लाई पक्राउ गरेको हो।

एसपी मिश्रले जिल्ला प्रहरी प्रमुखको रूपमा पदभार सम्हालेसँगै विभिन्न अपराधमा दण्ड सजाय पाएर फरार रहेका प्रतिबादीहरुलाइ प्रहरीले धमाधम पक्राउ गर्न थालेको हो।

प्रहरीले गत शनिबार देखि सोमबारसम्म ३ दिनमा ३०  जना फरार प्रतिबादीहरुलाई पक्राउ गरि आवश्यक कारवाहीको लागि जिल्ला अदालत पर्सामा उपस्थित गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी किशोर लम्सालले बताएका छन्। 

प्रहरी प्रमुख एसपी मिश्र आएदेखि नै पर्सा प्रहरीले फरार प्रतिवादी पक्राउ सँगै तस्करी नियन्त्रणमा जोड दिएको छ।
 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू