काठमाडौं, १६ पुस । माइतीघरबाट पक्राउ परेकी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनीता देवी यादवले अनसन सुरू गरेकी छिन् ।
उनले पक्राउ गरिएको राखिएको पुलिस क्लबमै अनसन थालेकी हुन् । ‘धोतीलाई राष्ट्रिय पोशाकको मान्यता दिइनुपर्ने, पक्राउ परेका नेताकार्यकर्तालाई अविलम्ब रिहा गरिनुपर्ने माग राख्दै उनले अनसन थालेकी हुन् ।
मन्त्री यादव सोमबार बिहान धोती दिवस मनाउन माइतीघर मण्डलमा भेला हुने क्रममा पक्राउ परेकी थिइन्।