Home सेयर मार्केट नेप्सेमा दोस्रो पटक सर्किट ब्रेक, कारोबार बन्द

नेप्सेमा दोस्रो पटक सर्किट ब्रेक, कारोबार बन्द

0

नेप्सेमा दोस्रो पटक सर्किट ब्रेक लागेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको छ ।

आइतबार कारोबार खुलेको एक मिनेटमै शेयर बजार ३.९९ प्रतिशतले बढेर २६७०.८२ विन्दुमा पुगेको थियो । त्यसपछि खुलेको शेयर बजार १२९.०७ अंक अर्थात ५.०२ प्रतिशतले बढेर २६९७.२१ विन्दुमा पुगेको थियो । 

नेप्सेमा सकारात्मक सर्किट, २० मिनेटका लागि कारोबार बन्द

नेप्सेमा सकारात्मक सर्किट लागेपछि २० मिनेटका लागि कारोबार बन्द भएको छ ।

आइतबार कारोबार खुलेको एक मिनेटमै शेयर बजार ३.९९ प्रतिशतले बढेर २६७०.८२ विन्दुमा पुगेको थियो ।

मौद्रिक नीतिपछिको भएको पहिलो कारोबार दिन पहिलो मिनेटमा नै १०२.६८ अंकले बढेर २० मिनेटका लागि कारोबार बन्द भएको छ ।
 

गुराँस लघुवित्तको नाफ बढ्यो

गुराँस लघुवित्तको नाफा गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा वृद्धि भएको छ । यसअवधिमा खुद नाफा १४४९.११ प्रतिशतले बढेर २ करोड ५९ लाख ६३ हजार रुपैयाँ पुगेको छ । 

खुद ब्याज आम्दानी ४७.९४ प्रतिशतले बढेर ८ करोड २८ लाख ८१ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा १४१८.२४ प्रतिशतले बढेर २ करोड ५९ लाख ६३ हजार रुपैयाँ पुगेको छ । खराब कर्जा ३.९० प्रतिशतले घटेर २.४६ प्रतिशतमा आएको छ ।गत असार मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँ छ । प्रतिसेयर आम्दानी २५ रुपैयाँ ६१ पैसा र प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ५२ पैसा छ ।  

अघिल्लो वर्षको यसैअवधिमा यसले १६ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ । यता, खराब कर्जा भने घटेको छ । यसले खुद नाफा बढ्न सहयोग गरेको हो ।
 
 सूर्योदय वोमी लघुवित्तको सेयर लिलामी भर्ने आज अन्तिम दिन

एनआइसी एसिया बैंकको स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको ६१ हजार ८०५ संस्थापक समूहको सेयर लिलामी भर्ने आज (साउन १३ गते) अन्तिम दिन हो ।

आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । यसमा न्यूनतम ३४८ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।

Exit mobile version