Tuesday, March 11, 2025
spot_img
Homeबैंक-वित्त/पुँजी बजारनेपाल राष्ट्र बैंक: विदेशी मुद्राको विनिमयदर सार्वजनिक, कतिमा हुँदैछ खरिदबिक्री ?

नेपाल राष्ट्र बैंक: विदेशी मुद्राको विनिमयदर सार्वजनिक, कतिमा हुँदैछ खरिदबिक्री ?

काठमाडौ, माघ १८ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । 
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । 
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार शुत्रक्रबार अमेरिकी डलरको भाउ १४ पैसाले बढेको छ । आज एक अमेरिकी डलरको खरिददर १३८ रूपैयाँ ३१ पैसा र बिक्रीदर १३८ रूपैयाँ ९१ पैसा कायम गरिएको छ । यसअघि बिहिबार डलर एकको खरिददर १३८ रूपैयाँ १७ पैसा र बिक्रीदर १३८ रूपैयाँ ७७ पैसा कायम गरिएको थियो । 
शुक्रबार यूरोपियन युरो एकको खरिदमूल्य १४३ रूपैयाँ ७६ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ ३८ पैसा तोकिएको छ । अघिल्लो दिनको तुलनामा शुक्रबार ०२ पैसाले घटेको छ । बिहिबार युरो एकको खरिदमूल्य १४३ रूपैयाँ ७८ पैसा र बिक्रीमूल्य १४४ रूपैयाँ ४० पैसा तोकिएको थियो । 
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७१ रूपैयाँ ९३ पैसा र बिक्रीदर १७२ रूपैयाँ ६८ पैसा कायम गरिएको छ । यसअघि यसको खरिददर १७१ रूपैयाँ ६३ पैसा र बिक्रीदर १७२ रूपैयाँ ३७ पैसा थियो । 
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ १३ र बिक्रीदर ८६ रूपैयाँ ५० पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९६ रूपैयाँ र बिक्रीमा ९६ रूपैयाँ ४२ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ९५ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ९९ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ ०७ पैसा तथा बिक्री दर १९ रूपैयाँ १६ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५९ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६२ पैसा कायम गरेको जनाइएको छ । 
यसैगरी, शुक्रबार कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ९४ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ १० पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८७ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ०३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६६ पैसा र बिक्रीदर ३७ रूपैयाँ ८२ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार ३१ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३१ रूपैयाँ ६२ पैसा कायम गरेको छ । 
साथै, कुवेती दिनार एकको खरिददर ४४८ रूपैयाँ ३७ पैसा र बिक्रीदर ४५० रूपैयाँ ३२ पैसा र बहराइन दिनार एकको खरिददर ३६६ रूपैयाँ ८९ पैसा र बिक्रीदर ३६८ रूपैयाँ ४९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू