काठमाडौँ, माघ २२ गते । नेपाल टेलिकमलाई एनसेलले २० औँ वार्षिकोत्सवको अवसरमा शुभकामना दिएको छ । नेपाली दूरसञ्चार जगतमा नेपाल टेलिकमका साथ काँधमा काँध मिलाई करोडौँ आम नेपालीलाई अत्यावश्यक दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गराउन पाएकोमा अत्यन्तै हर्षित भएको एनसेलले जनाएको छ ।
