Tuesday, April 1, 2025
Homeगृहपृष्ठनेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) काठमाडौं महानगर वडा नं २२ अध्यक्षमा शैलेश...

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) काठमाडौं महानगर वडा नं २२ अध्यक्षमा शैलेश डंगोल चयन।

काठमाडौं, ४ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) काठमाडौं महानगरपालिका वडा नं २२ कमिटीको प्रथम वडा सम्मेलन सम्पन्न भएको छ ।शनिबार सम्पन्न सम्मेलनले शैलेश डंगोलको अध्यक्षतामा ५८ सदस्यीय वडा समिति सर्वसम्मत चयन गरेको हो । संगठनको उपाध्यक्षमा सीता महर्जन, सचिवमा राजु अधिकारी, कोषाध्यक्ष उष्मा स्थापित चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा अरुण बराल, सानू महर्जन, राजु डंगोल सुनिल डंगोल, सविता महर्जन चयन भए भने सल्लाहकारमा देवेन्द्र मान जोशी, राम मानन्धर, करेन्द्र शाह रहेका छन् ।

९ नम्बर ईन्चार्ज शंकर दुलालको विशेष अथित्यमा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सदस्य दिलिप महर्जन, प्रदेश सचिवालय सदस्य महानगर सह ईन्चार्ज सरिता महर्जन, ८ नम्वर ईन्चार्ज उमेश स्थापित र निर्वाचन समितीको प्रमुख मनोज मानन्धरको उपस्तिथिमा पाको स्थित चाईनिज किचेनमा कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू