नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) काठमाडौं महानगरपालिका १३ न वडा कमिटीको दोस्रो वडा सम्मेलन गत मङ्सिर ४ गते शनीवार कालिमाटी स्थित F10 Party Venue मा सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रिय सद्स्य एवम् काठमाडौं महानगरपालिका इन्चार्ज दिलिप महर्जनको प्रमुख आतिथ्यमा सम्पन्न सो सम्मेलनले ज्यापु मुकेशको अध्यक्षतामा २७ सदस्यीय वडा समिति सर्वसम्मत चयन गरेको हो । कार्यक्रम वडा कमिटी बाट चुनिएकी सचिब निरु महर्जनले सन्चालन गरेको थियो भने स्वागत मन्तब्य महानगर पालिका कमिटीका सद्स्य रामशरण डङ्गोलले राखेका थिए ।
पार्टीको बिधान सम्मत सम्पन्न सो कार्यक्रममा वडा कमिटीका अध्यक्ष ज्यापु मुकेशले यो पटकको स्थानीय निर्वाचनमा जुन सुकै पार्टी बाट स्थानीय प्रतिनिधि आए पनि युवा जन प्रतिनिधिहरुलाई बिशेष प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्ने कुरामा जोड दिनु भयो । साथै वडामा रहेका जनता सँग जोडीएका प्रत्येक काम कारबाहीहरुमा पार्टी पङ्तीनै एक ढिक्का भएर अगाडि बढ्ने पनि उद्घोष गर्नु भयो ।
सो सम्मेलनमा ८ न निर्वाचन क्षेत्रका इन्चार्ज उमेश स्थापित, काठमाडौं महानगरपालिका सह-इन्चार्ज सरिता डङ्गोल, जिल्ला सद्स्य राजन गौतम तथा रमा गिरी लगायतको उपस्थिती रहेको थियो ।






