काठमाडौं । रुसी सेनामा भर्ना भएका स्याङ्जा वालिङ नगरपालिका वडा नम्बर १४ मान्खुका हरि अर्यालको मृत्यु भएको छ । अर्यालको युक्रेनसँगको युद्धका क्रममा ज्यान गएको हो । अर्यालको गत नोभेम्बर २९ मा युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएको खबर परराष्ट्र मन्त्रालयले आफूलाई दिएको वडाअध्यक्ष राजु कुँवरले बताए।
कुवँरका अनुसार अर्यालय नोभेम्बर २९ देखि बेपत्ता थिए। त्यसबेलादेखि नै उनको मृत्यु भएको हुन सक्ने आशंका गाउँलेले गरेका थिए। तर उनको नोभेम्बर २९ मै मृत्यु भइसकेको खबर अहिले आएको हो। अर्याल यसअघि नेपाली सेनामा कार्यरत थिए। तीन वर्ष सेनामा काम गरेका उनी राजीनामा दिएर रसियातिर लागेका थिए।