Saturday, March 15, 2025
spot_img
Homeगृहपृष्ठनिफ्राको ‘लक इन’ अवधि फागुन २३ गते सकिने

निफ्राको ‘लक इन’ अवधि फागुन २३ गते सकिने

काठमाडौ, १० माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को ‘लक इन’ अवधि फागुन २३ गते सकिने भएको छ । लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी तथा कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।

हाल निफ्राको १२ करोड ९६ लाख कित्ता संस्थापक सेयर ‘लक इन’ रहेको छ । फागुन २३ गतेपछि यी सेयर दोस्रो बजारमा कारोबारको लागि योग्य हुनेछ । बैंकको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । निफ्राको २०७७ साल माघ १६ गते सेयर बाँडफाँट भएको थियो ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू