Tuesday, March 18, 2025
spot_img
Homeगृहपृष्ठनयाँ बसपार्कमा बालिकालाई यौनकार्यमा लगाउने पक्राउ

नयाँ बसपार्कमा बालिकालाई यौनकार्यमा लगाउने पक्राउ

काठमाडौं, ६ पुस । बालिकालाई यौनजन्य कार्यमा लगाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

टोखा नगरपालिका-९ नयाँबसपार्क बस्ने नुवाकोट तादी गाउँपालिका-६ घर भएका २४ वर्षीय सुमन तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

तामाङले नयाँबसपार्कमा रहेका बिभिन्न होटल तथा गेष्ट हाउसहरुमा बालिकाहरुलाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेका थिए ।

प्रहरीले यौनजन्य कार्यमा लगाइएका ४ जना बालिकाहरुलाई उद्धार समेत गरेको छ ।

तामाङविरूद्व मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू