Sunday, March 16, 2025
spot_img
Homeगृहपृष्ठनगरकोटमा कार दुर्घटना हुँदा ७ जना घाइते

नगरकोटमा कार दुर्घटना हुँदा ७ जना घाइते

काठमाडौं— भक्तपुरमा कार दुर्घटना हुँदा सातजना घाइते भएका छन्।

शनिबार साँझ नगरकोटबाट सुडालको कलमसी हुँदै भक्तपुरतर्फ फर्कँदै गरेको कार दुर्घटना हुँदा सातजना घाइते भएका प्रहरीले जनाएको छ।

नगरकोटबाट फर्कँदै गर्दा चाँगुनारायण नगरपालिका–८ सुडाल हनुमान चोकमा बा१८च २५११ नम्बरको निजी कारको ‘ब्रेक फेल’ भई अनियन्त्रित भएपछि सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरी प्रभाग सुडालले जनाएको छ।

झापा दमक नगरपालिका–१० घर भएकी निशा श्रेष्ठका नाममा रहेको उक्त कार दुर्घटना हुँदा तीन महिला, दुई पुरुष र दुई बालक घाइते भएका र उनीहरूलाई उपचारका लागि मध्यपुर अस्पताल पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिए।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू