Wednesday, March 12, 2025
spot_img
Homeअपराध खबरनक्कली नोटसहित सर्लाहीमा एक जना पक्राउ

नक्कली नोटसहित सर्लाहीमा एक जना पक्राउ

सर्लाही – प्रहरीले नक्कली भारतीय नोटसहित सर्लाहीबाट एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत सीतामढी पुरान्दा राजवाडा-९ बस्ने २७ वर्षीय मुकेशकुमार सोनी रहेका छन्। उनलाई शनिबार साँझ ईश्वरपुर नगरपालिका-१५ सुकनाहा बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनको साथबाट भारतीय ५ सय दरको १ थान र १ सय दरका २९ थान नक्कली नोट बरामद भएको छ।

सोही ठाउँस्थित किराना पसलमा कुमारले सामान किनेपश्चात नक्कली नोट दिएको भन्ने खबर प्रहरीमा पुगेको थियो।

अस्थायी प्रहरी पोष्ट सुकनाहाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको थियो। प्रहरीले उनले प्रयोग गरेको बिआर३०एई ३३९९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू