Home मनोरन्जन धिरज र उपासनाको ‘खुस्मा’को टिजर

धिरज र उपासनाको ‘खुस्मा’को टिजर

0

एम मिडिया प्रालीको ब्यानरमा निर्माण भएको चलचित्र ‘खुस्मा’को टिजर आउट भएको छ । निर्माणपक्षले यो चलचित्रको टिजर शनिबार आउट गरेको हो ।

सार्वजनिक टिजरमा यो चलचित्रका मुख्य पात्रहरु नायक धिरज मगर र नायिका उपासना सिंह ठकुरीको प्रेमलाई प्रस्तुत गरेको छ । टिजरले तत्कालीन नेकपा माओवादीको द्धन्द्धका कारण गाउँमा परेको प्रभावलाई देखाइएको छ ।

निर्देशक अशोक थापा मगरको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्र मगर समुदायको परिवेशमा निर्माण गरिएको हो। चलचित्रले जनयुद्धको प्रभावका बीच फक्रिएको प्रेमलाई पेश गर्छ ।

आगामी असोजको ३ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने यो चलचित्रमा वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगरको निर्माण छ ।

यो चलचित्रमा खड्कबहादुर पुन, सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, सारा राई, अरुन मगर, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारहरुको अभिनय छ ।

मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी सह–निर्माता रहेको चलचित्रमा कार्यकारी निर्माता मोहन राई र दीपक बज्राचार्यको छायांकन छ।

Exit mobile version