Saturday, March 15, 2025
spot_img
Homeअपराध खबरधम्क्याउँदै ५० लाख मागेको आरोपमा विप्लवका २ कार्यकर्ता पक्राउ

धम्क्याउँदै ५० लाख मागेको आरोपमा विप्लवका २ कार्यकर्ता पक्राउ

धम्क्याएर रकम मागेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका २ जना कार्यकर्ता प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको टिकापुर घर भएका ३६ वर्षीय हृदयराज बोगटी उर्फ विश्वजित बटला र नुवाकोट घर भएका नरहरि ढुंगाना उर्फ रमेश छन् ।

आरोपीहरुको साथबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को रसिद बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कायालयका सूचना अधिकारी (एसपी) रविन्द्र रेग्मीले बताउनुभयो ।

उनीहरुले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट छुट्टिएर अर्को समूह बनाएको प्रहरीलाई बताएका छन् ।

उनीहरुले फोन सम्पर्कमार्फत् तथा पटक–पटक भेटघाट गरी धम्की दिँदै ५० लाख मागेको सूचनाका आधारमा पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए।

उनीहरुलाई फागुन ६ गते चन्द्रागिरी नगरपालिका–९ मच्छेगाउँबाट पक्राउ गरिएको रेग्मीले बताए। पक्राउ परेका दुवै जनालाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू