Saturday, March 15, 2025
spot_img
Homeअपराध खबरदुर्घटनामा परेको कारबाट १ सय ३० किलो गाँजा बरामद

दुर्घटनामा परेको कारबाट १ सय ३० किलो गाँजा बरामद

सिरहा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको धनगढीमाई नगपालिका १० जिरोमाईलमा दुर्घटनामा परेको कारबाट १ सय ३० किलो गाँजा बरामद भएको छ। पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ३ ख ७५९१ नम्वरको ट्रकमा उत्तर तर्फको सहायक सडकबाट आइरहेको बा. २८ च ९९६३ नम्वरको कार आपसमा ठोकिएर दुर्घटना भएको कारमा सो परिणामको गाँजा फेला परेको हो।

कारमा रहेको पाँचवटा कालो प्लाष्टिकमा गाँजा रहेको प्रहरीले पुष्टि गरेको छ। ती पोकाहरुमा १ सय ३० केजी गाँजा रहेको प्रहरीले जनाएको छ।

‘कार ठोकिएलगतै कारभित्रबाट २–३ जना मानिसहरु निस्केर भित्रबाट पोकाहरु झिक्दै सीटी रिक्सामा हाल्न खोजिरहेका थिए। त्यहि क्रममा स्थानीयले नियाल्न थालेपछि उनीहरु छोडेर भागे’ एक स्थानीयले भने ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू