काठमाडौं । दाङको घोराही नगरपालिकास्थित दामोदर चोकमा गोली प्रहारबाट डिउटीमा रहेकी महिला प्रहरीको मृत्यु भएको छ । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको गोली प्रहारबाट मृत्यु भएको हो ।
धनमायालाई उनका पति यमबहादुर झाँक्रीले गोली प्रहार गरेका हुन्। उनीहरु दुवै जना जवान हुन् । यमबहादुर नेपालगञ्ज तालिम केन्द्रमा कार्यरत थिए भने धनमाया वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत थिइन्। गोली प्रहार गर्ने यमबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डीआईजी कडायतले जानकारी दिए। गोली प्रहार गर्नुको कारण खुल्न बाँकी रहेको कडायतले बताए।
झाँक्रीलाई भाग्दै गरेको अवस्थामा लमही अर्जुनखोलाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।