Monday, March 17, 2025
spot_img
Homeमनोरन्जनतुलसी घिमिरेको ‘पहाड’को टाइटल भिडियो सार्वजनिक

तुलसी घिमिरेको ‘पहाड’को टाइटल भिडियो सार्वजनिक

तुलसी घिमिरेको निर्देशनमा तयार हुन लागेको फिल्म ‘पहाड’को टाइटल भिडियो सार्वजनिक गरिएको छ । टाइटल भिडियोमा फिल्मको नाम समावेश छ ।

तर, जुन शैलीमा फिल्मको टाइटल भिडियो तयार पारिएको छ त्यो आकर्षक छ । तुलसी घिमिरेको लेखन रहेको यो फिल्ममा ओजस्वी केसीको लगानी रहनेछ । माघबाट छायांकनमा जान लागेको फिल्ममा प्रमोद प्रधानको डीओपी, रञ्जित गजमेरको संगीत छ ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, सुनिल थापा, पञ्चमी घिमिरे लगायतका कलाकारहरुको अभिनय रहनेछ । फिल्ममा प्रोडक्सन डिजाइनरको रुपमा तुलसीकै जेठी छोरी भावनाले काम गर्दैछिन् ।

यो फिल्मले जनशक्ति विदेश पलायन हुँदा कसरी पहाड रितिन्छ भन्ने कथालाई प्रस्तुत गर्नेछ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू