Friday, March 14, 2025
spot_img
Homeगृहपृष्ठतनहुँमा जन्ती गएका जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १६ घाइते

तनहुँमा जन्ती गएका जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १६ घाइते

तनहुँको आँबुखैरेनी गाउँपालिका–१ गिरौनचोरस्थित बरादी–हिलेखर्कस्थित भित्री सडकखण्डमा आज बिहान जन्ती गइरहेको बा१८च ५९२१ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो। 

आँबुखैरेनी गाउँपालिका-६ छापस्वाँराका ७२ वर्षीय आसवीर गुरुङ र व्यास नगरपालिका-९ गजौडे का १७ वर्षीया तुलसी गुरुङको दुर्घटनामा मृत्यु भएको हो । जीप अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच सय मिटर तल खसेको थियो। आसवीरको घटनास्थलमै र तुलसीको उपचारका क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन्। घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा आँबुखैरेनी गाउँपालिका-६ प्यूघरका १५ वर्षीया सुविना गुरुङ, सोही ठाउँका ६७ वर्षीय मनबहादुर गुरुङ, ३८ वर्षीया सुकमाया गुरुङ, छ वर्षीया एलिसा गुरुङ, १९ वर्षीया सविता गुरुङ र बन्दीपुर गाउँपालिका-३ सुखौरा बस्ने १० वर्षीय शिशिर गुरुङ घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।

आँबुखैरेनी-६ छापस्वाँराका ५६ वर्षीय सोमलाल गुरुङ, प्युघरफाँट बस्ने ७० वर्षीय भक्कुलाल गुरुङ, ५६ वर्षीय शेरबहादुर गुरुङ, ३६ वर्षीया आसमाया गुरुङ, १० वर्षीया दीक्षा गुरुङ, ५२ वर्षीय सेते गुरुङ, आँबुखैरेनी-१ गिरौनचौर बस्ने जीपचालक ३८ वर्षीय राजकुमार विश्वकर्मा, आँबुखैरेनी-६ छापस्वाँराका ३६ वर्षीया चिजकुमारी गुरुङ, १८ महिने सुसान गुरुङ, ३७ वर्षीया सुनिता गुरुङ घाइते छन् । उनीहरूको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू