Home अपराध खबर डेढ किलो बढी सुन र एक करोड रुपैयाँसहित पाँच जना पक्राउ

डेढ किलो बढी सुन र एक करोड रुपैयाँसहित पाँच जना पक्राउ

0

काठमाडौँ – उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक केजी ८ सय ग्राम सुन र डेढ करोड रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ ।

बिहीबार न्युरोडको एक हुण्डी गोदाममा छापा मार्दा उक्त सुन, रकम र संलग्नहरुलाई पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए । ‘रकम र सुनका विस्कुटसहित पाँच जना पक्राउ परेका छन् ।

केहीबेरमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिँदैछ’, रेग्मीको भनाइ छ ।

Exit mobile version