Wednesday, March 12, 2025
spot_img
Homeगृहपृष्ठडेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा लाइन काटिएका उद्योगमा बिजुली जोडियो

डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा लाइन काटिएका उद्योगमा बिजुली जोडियो

काठमाडौं । डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा विद्युत प्राधिकरणले काटिएका उद्योगको बिजुली शुक्रबार मध्यरातमा जोडिदिएको छ । मन्त्रिपरिषद्ले छानबिन आयोग गठन गरी काटिएको लाइन तत्काल जोडिदिने निर्णय मंगलबार गरेको थियो । प्राधिकरणले त्यसको चार दिनपछि मात्र लाइन जोडिदिएको हो । शुक्रबार राति १/२ बजेसम्म उद्योगहरूमा लाइन जोडिएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले बताए ।

शुक्रबार राति पौने ११ बजे जगदम्बा स्टिल्सको लाइन जोडिएको उद्योगका सन्चालक तथा नेपाल रोलिङ मिल्स एसोसिएसनका अध्यक्ष शाहिल अग्रवालले जानकारी दिए । विद्युत प्राधिकरणले ६ पुसबाट धेरै बक्यौता रहेका उद्योगमा लाइन काट्न थालेको थियो ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू