संस्थादर्ता गरिसकेपछि लगभग २१ जोडीको विवाह गराइसकेका छौं । त्यसमध्ये १३–१४ जोडी डिभोर्सवालाहुनुहुन्थ्यो भने अरु नयाँ जोडीको विवाह गराइदिएकाहौं । आजसम्मकुनै ठाउँबाट गुनासो आएको छैन् ।
तुलसीभारद्वाज निरौला
संचालक
लमीनेपालप्रा.लि
‘डिभोर्स भएका र उमेर ढल्केका धेरैको जोडी मिलाइदिएका छौं’
परम्परागतलमीभन्दाहामी धेरै अब्बल छौं ः
कसैको विवाह गराइदिनु पुन्यकामहो जस्तो लाग्छ ः
सामान्यतलमीभनेको विवाहकालागि केटाकेटी र परिवारबीच सूचनाआदानप्रदान गर्ने मध्यस्तकर्ता हो । गाउँघरमा अझैपनिविवाहकालागि वर वावधु खोज्दालमीको सहयोग लिने प्रचलन छ । लमी राखेर विवाहगर्नेचलनलाई कायम राख्नहामीले निजीक्षेत्रबाट सहयोग गरिरहेका छौं । संस्था नै स्थापना गरेर लमीको भूमिकानिर्वाह गरिरहेका छौं । करिब पाँचवर्षसम्म अनौपचारिक रुपमाआफन्तहरुकानिम्तीलमीको काम गरेका थियौं । विस्तारै संस्थागत रुपमै काम गर्ने भनेर कम्पनी रजिष्ट्रार कार्यालयमा संस्थादर्ता गरेर काम गरिरहेका छौं ।
२०७७ सालको मंसिर१७गते ‘लमी नेपालप्रा.लि’दर्ता गरेर काम गरिरहेका छौं । खासमाआफ्नै परिवारमा घटेको एउटा सामान्य घटनाबाट संस्थाखोल्ने सोच आएको हो । मैंले विवाह गरेको १३–१४ वर्ष भयो । मेरो दिदीको बिवाहभएको १५वर्ष भयो । सोहीबेलाचुनौति मोल्नुपरेको थियो ।जसअपजसको कुरा आयो ।परिवारभित्रै यस्तो कुरा आउँछ भने विवाहचाहिं कसले गराइदिने भन्ने प्रश्नउब्जियो । त्यहीक्रममाहामीले यो एउटा बिजनेस हुन्छ भनेर यस्तो कामको अवधारणा ल्याएकाहौं । दुबै पक्षको सूचना एक अर्कामा लगिदिने काम गर्ने गर्छौ ।जिम्मेवारीलिँदैनौं तर मध्यस्तकर्ता रुपमाचाहीं काम गर्र्छौ । सुरुवाती चरणमा एकदमै सकरात्मकपाएकाथियौं ।
पहिले हामी सम्बन्धितव्यक्तिको सूचना लिन्छौं । रोजगारी, व्यवसाय के हो सबै बुझ्छौं । जानकारी लिनघरसम्मपनि पुग्छौं ।पहिलेआफैंविश्वस्त हुन्छौं । विश्वस्तभइसकेपछि उहाँहरुलाई विश्वस्त बनाउँछौं । पहिलेकालमीहरुले व्यक्तिगत रुपमा यो घर को केटा यस्तो छ, त्यो घरको केटा उस्तो छ भन्दै गर्नुहुन्थ्यो । तर हामीसिस्टममा गर्छौ । सबै कुरा हेर्नको लागिकर्मचारी राखेका छौं । फोटोहरु गुगल ड्राइभमा राख्छौं, फेसबुकमापनिफोटो राख्छौं । गु्रपमापनि सल्लाह हुन्छ । अनिबल्लदेखाउन थाल्छौं । विवाहभनेको दुईवटा परिवारको कुरा हो । त्यसैले दुई परिवारको संलग्न गराउछौं । शाकाहारी र मांशाहारी दुवैकालागिमिल्दो जोडी खोज्छौं । काठमाडौंमा घर चाहीएकोलाई त्यहीअनुसारका व्यक्तिपहिचान गर्छौं ।
सूचनाआदानप्रदानगर्दा पनिगोपनियताको ख्याल राखेका हुन्छौं । सुनाउनुभन्दापहिले व्यक्तिको नाम, फोननम्बर राख्छौ तर ठयाक्क ठेगानादिँदैनौं । यो ठाउँमा घर छ भन्यो, सक्यो । यत्तिको मान्छे ठिक छ कुरा अगाडि बढाउँ भन्ने भएपछि मात्रफोटो पठाउँछौं । सबै कुरा बताइदिन्छौं । पहिले त मागीविवाहमाजात समुदाय चाहिन्छ, जातमिलेन भने हुँदैन् । उहाँहरुले यो चाहीं जातकोसँग चाँही गर्छु भन्नुभयो भने प्रक्रिया अघि बढाउने हो । कम्पनीभएकाले ग्राहकले जे सुविधा माग्छन् त्यहीदिने हो । हाम्रो प्रचलन के छ भने केटीले पाएकपर्नेठाउँमा बोलाउँछ र त्यहाँ केटा जानुपर्छ । व्यक्तिगतगोपनियतालाई बढि ध्यानमा राखेर काम गर्ने गछौं ।
विदेशमाकेटाकेटी भएजुम मिटिङ गराउने गराउँछौं । मिटिङ चाही मन परिसकेपछि लगभग बिहे हुन्छ है भन्ने भएपछि गराउने हो । त्यसपछि शुल्कको कुरा आउँछ । पहिले ५० प्रतिशतलिन्छौं । अनिनामठेगानानम्बर सबै दिन्छौं । त्यसपछि आफैं पनिजान सक्नुहुन्छभनेर सम्झाउँछौं । यहाँआउने व्यक्तिको ठकुमेन्टभनेको व्यक्तिको सम्पूर्ण विवरण लिन्छौं । नाम, थर, गोत्रको विवरण लिन्छौं । मावलीको थरसँगविवाह गर्न नहुनेले सोहीअनुसारको जानकारी लिन्छौं । अरु डाटासँगम्याचिङ गर्छाैं ।
हामीसँगप्रायः डिभोर्स भएका,पहिलो विवाहविग्रेका व्यक्तिहरु आउनुहुन्छ । पछिल्लो समयमाअलिकतिपाको उमेरका व्यक्तिहरु पनिआउनथाल्नुभएको छ । नयाँव्यक्तिवाभर्खर विवाह गर्न उमेर पुगेकाहरु पनि आउनुहुन्छ । तर संख्यात्मक रुपमा७० प्रतिशत डिभोर्स भएको र अलि बढि उमेरको हुनहुुन्छ । दिमागको औषधिहरु खानेहरु अर्थातमनसिक सन्तुलन राम्रो नभएकाहरु पनि आउनुहुन्छ । आजभोलिचाँही धेरैजसो प्रेम विवाह नै बढी हुनथालेको छ । प्रेमअसफलहुनेहरु पनिआउनुहुन्छ ।सम्बन्धथियो भर्खरै बिग्रयो,जोडी खोजिदिनुपर्यो, बिहे अहिले नै गर्दिन दुई वर्षसम्म हेर्छु, विचार गर्छु भन्ने खालको मानिसहरु पनि आउनुहुन्छ । नेपालको कानुनले दिएको मात्रकामगर्छौं । त्यो भन्दाबाहेकगर्दै गर्दैनौं । कुनै हालतमागर्दैनौं, बरु कामनगरी बस्छौं ।कहिलेकाँही१८ वर्षको भए केटी खोजिदिनुहोस भन्नेहरु पनि आउनुहुन्छ । त्यस्तालाई हामीअब दुई वर्ष चुपलागेर बस्नुहोस भन्र्छौ । हामीसँगआएर बिहे गर्नेले सयौंबाट छान्ने हो । त्यसैले पनि परम्परागतलमीभन्दा धेरैको रोजाइमा पर्न सकेका हौं ।
बिहे गराइदिने नाममामानवबेचबिखनहुने गरेको सुन्र्छौ । यस विषयमा संवेदनशील छौं । विहे गरेर विदेश लैजान्छु भन्दै आउनेहरुप्रतिअलिकशंकालाग्ने गर्छ । त्यसको मजाले अध्ययन गरेरगैरकानुनीहो कि जस्तो लाग्यो भने च्याप्टर बन्द गर्छौ ।आधिकारिक डकुमेन्टहरु राम्रोसँग चेकजाँच गरेर मात्रप्रकृया अगाडि बढाउँछौं । त्यसैले पनित्यस्तो समस्याआउँदैन् । संस्थादर्ता गरिसकेपछि हामीले लगभग २१ जोडीको विवाह गराइसकेका छौं । त्यसमध्ये १३–१४ जोडी डिभोर्सवाला हुनुहुन्छ भने अरु नयाँ जोडीको विहे गराइदिएका र्छौ । आजसम्मकुनै ठाउँबाट गुनासो आएको छैन् । संस्थामार्फत समाजमाकेही न केहीयोगदानदिने काम गरेका छौं भन्ने लाग्छ । अपाङ्ग, मानसिक रोगीहरुले पनिविवाह गर्न सफलहुनु भएको छ । त्यसैले पनि राम्रै काम गरेका छौं भन्ने लाग्छ । (नेपालन्यूज बैंकसँगको कुराकानीमाआधारित)