Home मनोरन्जन ‘डल्लेले इन्ट्री मार्‍यो’मा सागर अनुबन्धित

‘डल्लेले इन्ट्री मार्‍यो’मा सागर अनुबन्धित

0

राजु गिरीको निर्देशनमा बन्न लागेको चलचीत्र ‘डल्लेले इन्ट्री मार्‍यो’मा सागर अनुबन्धित भएका छन् । यो चलचित्रको मुख्य भूमिकाको लागि सागर र निर्माताबीच शुक्रबार कागजी सम्झौता भएको हो ।

कमेडी कथावस्तुमा निर्माण हुने यो चलचित्रको छायांकन चैतको पहिलो साताबाट हुने निर्माणपक्षले जनाएको छ । सागरले यो चलचित्रको कथावस्तु र आफ्नो चरित्र मनपरेपछि यो चलचित्रमा अनुबन्धित भएको जनाएका छन् । यो चलचित्रमा उनी डल्लेकै चरित्रमा रहने जनाइएको छ ।

सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको स्क्रिप्ट लेखन रहने यो चलचित्रमा उषा फिल्म्सको प्रस्तुति रहने छ । चलचित्रको निर्मातामा सावित्रा चिलुवाल, निर्मला बस्नेत र आशिष-आदर्श बस्नेत छन् ।

निर्माणपक्षका अनुसार, यो चलचित्रमा सागरबाहेक अरु कलाकारहरु निश्चित भएका छैनन् । अब बाँकी कलाकार छनोट गर्ने र चलचित्रको अफिसियल घोषणा गर्ने निर्देशक गिरीले जनाए ।

चलचित्र ‘लोफर’ बाट करिअर सुरु गरेका गरेका सागरले ‘लज्जा’ र ‘हैरान’मा काम गरिसकेका छन् । चलचित्रमा खासै क्रेज नभएपछि टेलिसिरियलमा होमिएका उनलाई ‘सक्किगोनि’को ‘बले’ चरित्रले दर्शकमाझ चिनायो । उनले सयौं गीतमा समेत अभिनय गरिसकेका छन् ।

Exit mobile version