काठमाडौँ । सस्तो मूल्यमा डलर साटिदिने लोभ देखाएर ठगेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका घर भएका ३७ वर्षीय विकाश श्रेष्ठ र ५५ वर्षीय दिल बहादुर श्रेष्ठ छन् । विक्रमलाई सूर्यविनायकबाट र दिल बहादुरलाई नलिन्चोकबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले बताए ।
उनीहरुले मंसिर १३ मा चाँगुनारायण नगरपालिका–४ स्थित डी गाउँमा बोलाएर मिना तामाङबाट ६ लाख ५० हजार लुटेका हुन् ।
ओखलढुंगा घर भएकी ४१ वर्षीया मिना तामाङले जग्गा बेचेको सूचना पाएका आरोपीहरूले निरन्तर पछ्याएर सस्तोमा डलर साटिदिने र सो डलर बेचेर महँगो मूल्य लिन सकिने प्रलोभन दिएर चाँगुनारायण बोलाएर लुटेका थिए । आरोपीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा बुझाइएको छ ।