काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा १५२औं समूहको ट्राफिक नियन्त्रण तालिम सञ्चालन भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित एक कार्यक्रममा सोही कार्यालयका प्रहरी उपरीक्षक विश्वराज खड्काले उक्त तालिम उद्घाटन गर्दै प्रशिक्षार्थीहरूले बढीभन्दा बढी उत्सुक तथा सक्रिय भई तालिम हासिल गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर थापाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी सहायक हवल्दार २२ जना र प्रहरी जवान ३८ जना गरी कुल ६० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।