Sunday, March 16, 2025
spot_img
Homeगृहपृष्ठट्रक र जिप ठोक्किँदा दुईजनाको मृत्यु, तीन घाइते

ट्रक र जिप ठोक्किँदा दुईजनाको मृत्यु, तीन घाइते

बाराको पथलैया–अमलेखगञ्ज सडकखण्ड अन्तर्गत आधाभार नजिक बुधबार बिहान ट्रक र बोलेरो जिप ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

पथलैयाबाट हेटौंडातर्फ जाँदै गरेको ना६ख नम्बरको ट्रक र हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२६ च १३३४ नम्बरको जीप एकापसमा ठोक्किएको हो । दुर्घटनामा चालकसहित दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा भारत मोतिहारी मधुवन थानाग्राम कुन्दनपुरका करिब २८ वर्षीय चन्दन चौहान रहेका छन् भने चालकको पहिचान खुल्न सकेको छैन ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू