Saturday, March 15, 2025
spot_img
Homeगृहपृष्ठट्याक्टरले ठक्कर दिँदा बम्जनविरुद्ध मुद्दा हाल्ने किशोरीका बुवाको मृत्यु

ट्याक्टरले ठक्कर दिँदा बम्जनविरुद्ध मुद्दा हाल्ने किशोरीका बुवाको मृत्यु

काठमाडौं । मदन भण्डारी राजमार्गमा डकाहाबाट भिमानतर्फ आउँदै गरेको प्र. २-०४-००१ त ००१० नम्बरको ट्याक्टरले विपरीत दिशा रौतहटबाट डकाहा तर्फ जाँदै गरेको बा ५८ प ९१४१ नम्बरको मोटरसाइकल र सोहि दिशा रौतहटबाट डकाहा तर्फ जादै गरेको ना ११ प ५७५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु र एक जना घाइते भएका हुन् ।

ठक्करबाट बा ५८ प ९१४१ नम्बरको मोटरसाइकल चालक रौतहटका ६३ वर्षीय पुरुषको मृत्यु भएको हो । दुर्घटनामा टाउको र अनुहारमा चोट लागेर गम्भीर भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल सिन्धुलीमा राति साढे १० बजे मृत्यु भएको हो ।

मृतक तपस्वी रामबहादुर बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतमा बाल यौन शोषणको मुद्दा हालेकी किशोरीको बुवा रहेको जनाइएको छ । उनले केही दिनअघि मात्रै बम्जनले गरेको यौन शोषणबारे अन्तर्वार्ता दिएका थिए । उनी षड्यन्त्रमा मारिएको हुन सक्ने आफन्तको आशंका छ ।

ना ११ प ५७५० नम्बरको मोटरसाइकल चालक मकवानपुरको गढी नगरपालिका-२ बस्ने बर्ष ६३ को विष्णुबहादुर थिङको दाहिने खुट्टामा सामान्य चोट लागेर घाइते भएका छन् । दुवै मोटरसाइकल, ट्रयाक्टर र ट्याक्टर चालकलाई ईलाका प्रहरी कार्यालय भिमानले नियन्त्रणमा लिएर राखेको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू