Thursday, March 13, 2025
spot_img
Homeविविधट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा बारामा एकको मृत्यु, चालक फरार

ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा बारामा एकको मृत्यु, चालक फरार

बारा – बारामा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा मोटरसाइकलमा सवार रौतहट वृन्दावन नगरपालिका-३ विश्रामपुर बस्ने ४० वर्षीया बबिता ठाकुर रहेकी छिन्।

कलैया उपमहानगरपालिका-४ स्थित नेपाल बैंक अगाडि सडकमा ना४ख ४१८६ नम्बरको ट्याङ्करले ना.४७ प ५९९७ नम्बरको मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने हाल फरार ट्याङ्कर चालकको प्रहरीले खोजी गरिरहेको छ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू