झापामा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ। कचनकवल गाउँपालिका १ की ६५ वर्षीया टीकामाया दाहाल हुन्।
जिल्ला प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मीका अनुसार बिहीबार बिहान साढे ११ बजेतिर खेतमा काम गरिरहेका बेला सर्पले उनलाई दायाँ खुट्टामा टोकेको थियो।
टिकामायालाई उपचारका लागि सर्पदंश उपचार केन्द्र बनियानी लगिएको थियो। उपचार केन्द्रमा उनको मृत्यु भएको हो।