दमक, ४ पुस । झापामा थ्रेसरमा च्यापिएर एक जनाको मृत्यु भएको छ ।
बुधबार बिहानै आफ्नै धानको कुन्यूमा थ्रेसर लगाउने क्रममा झापा गाउँपालिका वडा नं २ सुगाबथान बस्ने ५७ वर्षीय नुनुवा टुडूको थ्रेसरमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
स्थानीय चन्द्रदेव राजवंशीको प्र१–०१–००१ त ८०९२ नं को ट्याक्टरबाट नुनुवा टुडूले बिहान ५ बजेतिर थ्रेसर लगाएका थिए । थ्रेसरमा परेर नुनुवा टुडूको शरीर टुक्रा टुक्रा भएको प्रहरीले जनाएको छ ।
थ्रेसर तथा ट्र्याक्टर चालक फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।